श्रावण ८ , तुलसीपुर ।
रोजगारीका लागि भारतको गढवाल गएका दाङको बबई गाउँपालिका-५ रोल्पालीतराका झुपलाल डाँगी चार महिनादेखी सम्पर्कविहिन भएका छन् ।
पारिवारिक स्रोतका अनुसार ५५ वर्षीय डाँगी रोजगारीका लागि भारतको गढवाल पुगेका थिए ।
परिवारको गरिबी हटाउने उद्देश्यसहित घरबाट चार महिनाअघि भारत हिडेका डाँगि अहिलेसम्म पनि सम्पर्कमा आउन नसकेपछी परिवार निकै चिन्तित भएका छन् ।
डाँगीको खोजीकार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।
स्थानीय अगुवा निम बहादुर डाँगीका अनुसार देशको राष्ट्रिय राजनीतिक परिस्थितिका कारण डाँगी जस्ता हजारौं बुवाहरु बृद्धअबश्थामा पनि देशमा रोजगारी नपाएपछि भारत जानुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.