युवा संगठन नेपाल दाङका सचिव चन्दको ट्विट– ‘ राज्य देश र जनताप्रति संवेदनशील छैन’

डेली न्युजराप्ती       १० आश्विन २०७९ ११:१५ मा प्रकाशित     414 No Comments


असोज १०,तुलसीपुर। युवा संगठन नेपाल दाङ जिल्ला सचिव पदम चन्दले राज्यको चालचलनले देश र जनताप्रति गम्भीर र संवेदनशील छैन भन्ने प्रष्ट भएको जिकिर गरेका छन।
नेकपाको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला सचिव चन्दले ट्विटर मार्फत उक्त कुरा व्यक्त गरेका हुन।

नेता चन्दले आज विहान ट्विटरमा ट्विट गर्दै लेखेका छन ‘ होइन तीन बुदे सहमती कार्यान्वयनको प्रक्रिया कहाँसम्म पुग्यो?कानुन संशोधन गर्ने भनेको के भयो? सबै कुरा जनतामा आउनुपर्ने होइन र? यस्तो संवेदनशील र गम्भीर विषयलाई गौण राख्न मिल्छ? यो राज्यको चालचलनले देश र जनताप्रती गम्भीर र संवेदनशील छैन भन्ने देखाउछ’

युवा नेता चन्दले ट्विटर मार्फत नेकपा र सरकारबिच भएको तिन बुदे सहमती कार्यान्वयनको मामलामा सरकारलाई प्रश्न गरेका छन। उनले तीन बुदे सहमती कार्यान्वयनको प्रक्रिया,कानुन संशोधन गर्ने विषय सबै कुरा जनतालाइ थाहा हुनुपर्ने आशय समेत प्रष्ट पारेका छन।
नेता चन्दले ट्विट गर्दै राज्यले संवेदनशील र गम्भीर विषयलाई गौण राख्न नमिल्ने समेत स्पष्ट उल्लेख गरेका छन।
यस्तो छ नेता चन्दको ट्विट:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार