कार्तिक २४ , तुलसीपुर । दाङमा विप्लव नेतृत्वको नेकपाले आसन्न मंसिर ४ को संसदीय निर्वाचन खारेजीअभियानलाइ तिब्रता दिएको छ ।
शान्तिपुर्ण ढंगबाट निर्वाचन खारेजी अभियान चलाइरहेको सो पार्टीका दर्जनबढी नेता-कार्यकर्ता गिरफ्तार हुँदै रिहा भइरहदा पनि नेकपाले अभियानलाई अझ शसक्त बनाएको छ ।
पार्टीले जिल्लाभरी भित्तेलेखन,पोस्टरिङ , पर्चा वितरण सहित घरदैलो कार्यक्रमलाई तिव्र बनाएको हो ।
निर्वाचन खारेजी अभियान अन्तर्गत आज सो पार्टीको तुलसीपुर उपमहानगर कमिटीले उपमहानगरपालिकाका थुप्रै स्थानमा निर्वाचन खारेजीका लागि सयौं भित्तेलेखनहरु गरेको नेकपाले जनाएको छ ।
चुनाव खारेजी नारा लेख्ने क्रममा नेकपाले जिल्लाका थुप्रै ठाउमा ‘मंसिर ४ – नो भोट’को नारालाइ प्राथमिकताका साथ राखेको छ भने नेकपाको यो अभियानमा सिंगो जिल्लाका हजारौं क्रान्तिकारी जनताहरुले साथ दिइरहेका छन । साथै आसन्न मंसिर ४ को संसदीय निर्वाचन खारेजी अभियानमा नेकपा दाङको सिंगो पार्टीपंक्ती जुझारु ढंगले गाउँगाउँमा खारेजी अभियानमा लागेको जनाइएको छ ।
नेकपा दाङद्वारा जिल्लामा गरिएका भित्तेलेखन (फोटोफिचर):
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.