रुससँग विश्वमै सबैभन्दा आधुनिक र परिष्कृत परमाणु अस्त्रहरू छन: पुटिन

डेली न्युजराप्ती       २२ मंसिर २०७९ १५:०९ मा प्रकाशित     159 No Comments

बीबीसी २२ मंसिर । भ्लादिमिर पुटिनले परमाणु युद्धको जोखिम बढिरहेको बताएका छन्। तर उनले रुसले ‘दिमागी सन्तुलन नगुमाएको’ र सुरुमा परमाणु अस्त्र प्रयोग नगर्ने जनाएका छन्। रुसी राष्ट्रपतिले आफ्नो देशले हमलाको जबाफमा मात्र आम विनाशकारी अस्त्र प्रयोग गर्नेमा जोड दिएका छन्। रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै उनले युक्रेन युद्ध एउटा “लामो प्रक्रिया“ हुनसक्ने बताएका छन्। पश्चिमा अधिकारीहरू पुटिनले युद्धको सुरुवातमा छिट्टै जित हुने सोचेको ठान्छन्।

बढ्दो चासो
रुसले फेब्रुअरीमा युक्रेन अतिक्रमण थालेयता मस्कोको परमाणु अस्त्र प्रयोग गर्ने क्षमता बढ्दो रूपमा अनुसन्धानको विषय बनेको छ। “त्यस्तो जोखिम बढेको छ, त्यसलाई लुकाउनु ठीक हुँदैन,“ परमाणु युद्धको सम्भावनाबारे बोल्ने क्रममा पुटिनले चेतावनी दिए। उनले मस्कोबाट भिडिओ लिङ्कमार्फत् बोलेका थिए। तर उनले रुसले कसैलाई पनि परमाणु अस्त्रले नधम्क्याउने बताए। “हामीले मानसिक सन्तुलन गुमाएका छैनौँ, परमाणु अस्त्रहरू के हुन् भन्ने हामीलाई थाहा छ,“ उनले भने। “हामी रेजर नचाए जसरी यस अस्त्रलाई लिएर विश्वलाई धम्क्याउनपट्टि लागेका छैनौँ।“

पुटिनले रुससँग विश्वमै सबैभन्दा आधुनिक र परिष्कृत परमाणु अस्त्रहरू रहेको समेत दाबी गर्दै आफ्ना परमाणु रणनीतिलाई अमेरिकासँग तुलना गरे। जस क्रममा पुटिनले अमेरिकाले आफ्ना परमाणु अस्त्रहरू अरूका भूभागमा समेत राखेको बताए। “हाम्रा रणनीतिक सहितका परमाणु अस्त्रहरू अन्य देशका भूभागमा छैनन् तर अमेरिकीका टर्की र अन्य कैयौँ युरोपेली देशमा छन्,“ पुटिनले भने। पुटिनले यसअघि रुसको परमाणु मान्यता परमाणु अस्त्रको रक्षात्मक प्रयोगका लागि मात्र स्वीकार्य हुनेमा जोड दिएका थिए।

उनले युक्रेनमा “उल्लेख्य“ नतिजा देखा परिसकेको बताएका छन्। जस क्रममा उनले युक्रेनका चारवटा क्षेत्रमा भएका अन्तर्राष्ट्रिय मान्यता नपाएका जनमत सङ्ग्रह उल्लेख गरे। ती जनमत सङ्ग्रहमार्फत् रुसले गैर कानुनी रूपमा ती भूभाग दाबी गरेको छ। उनको दाबी अनुसार ती क्षेत्र गाभ्ने कामले दक्षिण पूर्वी युक्रेन र दक्षिण पश्चिमी रुस सीमा रहेको एजोभ समुद्र रुसको एउटा “आन्तरिक समुद्र“ बनेको दाबी गर्दै उनले त्यसलाई रुसका जार पिटर द ग्रेटको लक्ष्य रहेको बताएका थिए। राष्ट्रपति पुटिनले आफूलाई १७औँ र १८औँ शताब्दीका शासकसँग तुलना गरेका छन्।

यद्यपि खेअरसन, जापोरिजा, लुहान्स्क र डोनेत्स्क क्षेत्रलाई नयाँ रुसी भूभागका रूपमा दाबी गरे तापनि मस्कोले ती कुनै क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण गर्दैन। गत महिना रुसी फौज खेअरसन सहरबाट पछि हट्न बाध्य भएका थिए जुन उनीहरूले फेब्रुअरीयता कब्जा गरेको एकमात्र क्षेत्रिय राजधानी थियो। रुसमा भने मानवअधिकार परिषद्सामु पुटिनको अतिक्रमणको कुनै सम्भावित आलोचनालाई रोकिएको छ। बुधवारसम्म चलेको बैठकमा युद्धबारे सन्देह राख्ने परिषद्का १० जना सदस्यलाई हटाएर उनीहरूका ठाउँमा युद्ध पक्षधरहरूलाई ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार