प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लव वीच भेटवार्ता

डेली न्युजराप्ती       २६ माघ २०७९ १४:०८ मा प्रकाशित     234 No Comments

२६ माघ ,काठमाडौ /नेपाल कम्युनिस्ट पार्टी माओवादी( केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव वीच आज भेटवार्ता भएको छ । बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बिहान १०:३० बजे दुई नेताहरु बिच भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा विगतमा सरकार र नेकपा वीच भएको ३ बुदे सहमति अनुसार नेकपाका नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्नेवारे भएका सहमति र निर्णयहरु अगाडि बढाउन , मुलुकको जटिल र संकटपुर्ण आर्थिक राजनीतिक परिस्थिति , नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरुको नयाँ आधारमा धुर्विकरणको ऐतिहासिक आवश्यकताबारे नेकपा महासचिव विप्लवले कुराकानी गरेका छन ।

यस्तै प्रधानमन्त्री प्रचण्डले ३ बुदे सहमति अनुसार नेकपाका नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्नेबारे राजनीतिक र कानुनी प्रक्रिया अगाडि बढाउन सरकार सकारात्मक भएको बताइएको बुझिएको छ ।

सरकार र नेकपा वीच ३ बुदे सहमति भएको करिव २ वर्ष पुग्न लाग्दा समेत नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताका नाममा राजनीतिक आस्थाका आधारमा लगाइएका मुद्दाहरु अझै फिर्ता लिइएको छैन भने ३९ जना कार्यकर्ताहरु अझै जेलमा रहेको जानकारी श्रोतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार