अखिल (क्रान्तिकारी)द्वारा प्रधानमन्त्रीलाई १५ बुदे ज्ञापनपत्र पेश

डेली न्युजराप्ती       १० फाल्गुन २०७९ १४:१५ मा प्रकाशित     100 No Comments

काठमाडौ / शिक्षामा भइरहेको नीजिकरण र ब्यापारिकरण रोक्नुपर्ने सहितका १५ बुदे माग राख्दै अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा अखिल क्रान्तिकारी का उपाध्यक्ष नरेन्द्र सी सहितको टोलिले ज्ञापनपत्र बुझाएको हो।

अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाशद्वारा हस्ताक्षरित १५ बुदे ज्ञापनपत्रमा संघिय शिक्षा ऐन निर्माण गरि लागु गर्नु पर्ने, शिक्षामा २०प्रतिशत बजेट बिनियोजन गर्नुपर्ने, बिश्वबिद्धालयहरुमा राजनीतिक भागवण्डाको अन्त्य हुनुपर्ने, पाठ्यपुस्तक समयमै उपलब्ध गराइनु पर्ने,IMO को अबैज्ञानिक barrier प्रणालीका कारण आन्दोलनरत विद्यार्थीका माग पुरा गर्नुपर्ने, बिदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाले लिने विद्यार्थी संख्या नतोकिएकोले मनपरि गरिएको भर्नालाई नियमन गरिनुपर्ने र जनयुद्धका शहिदलाई रास्ट्रीय सहिद घोषण नगरिदा सहिद, बेपत्ता र घाइतेका छोराछोरीले त्रिभुवन बिश्व बिधालयबाट पाउने छात्रवृत्ति नपाइएकोले शहिदलाई रास्ट्रीय शहिदको मान्यता दिनुपर्ने लगाएतका मागहरु राखेको कुरा अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्रले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार