गुरुजजुर शिक्षक कुटपिट प्रकरण: बिद्यार्थी संगठन र शिक्षक संगठनहरुको चौतर्फी बिरोध

डेली न्युजराप्ती       २ जेष्ठ २०८० १४:०० मा प्रकाशित     450 No Comments

हेमन्त प्रकाश ओली ।

जेठ २ , तुलसीपुर । गुरुजजुर उच्च मावी रक्षाचौरका बिधालय व्यवस्थापन समितिका अध्यक्ष लोकमणी पोख्रेलले बिधालयमा अध्यापन गराउने दुई शिक्षकलाई कुटपिट गरेको घटनाको चौतर्फी बिरोध भएको छ ।

घटनाको बिरोधमा सोमबार नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति तुलसीपुर दाङले एक प्रेस बिज्ञप्ति जारी गर्दै माध्यामिक शिक्षक प्रमोद आचार्यलाइ बिधालयको आन्तरिक बिबादका छलफल हुँदै गर्दा सोही बिधालयका विव्यस अध्यक्ष लोकमणी पोख्रेलद्वारा अभद्र व्यवहार सहित हातपात गरेको घटनाको घोर निन्दा तथा भर्त्सना गरेको छ । साथै बिज्ञप्तिमा पिडित शिक्षकको न्यायका लागि समबन्धित निकायसंग जोडदार माग गरिएको छ । यस्तो छ बिज्ञप्तिको पुरापाठ:

यस्तै घटनाको बिरोधमा नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश समिती , जिल्ला सम्वनय समिती दाङ र तुलसीपुर उपमहानगर समितिले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरि बिधालयका बरिस्ठ शिक्षक प्रमोद आचार्यमाथी हातपात र एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला सम्वनय समितिका अध्यक्ष तथा सोही बिधालयका मावी बिज्ञान शिक्षक झक्कु प्रसाद केसिलाई समेत आक्रमण प्रयास एवम गालिगलौज गरि दुर्ववहार गरेको अमानवीय हर्कतप्रती घोर आपत्ती प्रकट गर्दै निन्दा एवम भर्त्सना गरिएको छ । साथै बिज्ञप्तिमा बिधालय व्यवस्थापन समिती अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट शिक्षण गर्दै गरेका इमानदार एवम कर्तव्यनिष्ठ शिक्षकहरुमाथी गरिएको कुटपिट जस्तो जघन्य अपराधिक प्रती संगठनले शसक्त प्रतिकार गर्ने चेतावनी दिईएको छ । साथै दोषीमाथी हदैसम्मको कानुनी कार्वाही गर्न निर्दोष शिक्षकहरुलाइ उचित न्याय दिलाउन समबन्धित निकायमा जोडदार माग समेत गरिएको छ । यस्तो छ बिज्ञप्तिको पुरापाठ:

यता नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले पनि शिक्षक कुटपिटको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै घोर निन्दा एवम भर्त्सना गरेको छ । संगठनकि इन्चार्ज बिन्दु खड्का र संगठनका संयोजक गिर बहादुर महराद्वारा संयुक्त हस्ताक्षरित बिज्ञप्तिमा दोषीमाथी हदैसम्मको कानुनी कारवाही गर्न र निर्दोष शिक्षकहरुलाइ उचित न्याय दिलाउन सम्बन्धित निकायलाइ माग गरिएको छ ।
यस्तो छ अखिल(क्रान्तिकारी)द्वारा जारी प्रेस बिज्ञप्ति:

यता सोमबार घटेको घटनामा विव्यस अध्यक्ष लोकमणी पोख्रेलले आफुले कुटपिट गरेको स्वीकार गरेका थिए ।
बिधालयको बार्षिक कार्यक्रम सहितको २०८० सालको क्यालेन्डर शिक्षक द्वय प्रमोद आचार्य र झक्कु प्रसाद वलीले च्यातेपछी आफुले हातपात गरेको स्विकार गरेका हुन् ।
अध्यक्ष पोख्रेलले डेलिन्युजराप्ती संग कुरा गर्दै भने – ‘बिधालयको बार्षिक कार्यक्रम सहित एउटा क्यालेन्डरलाई ४५ रुपैया पर्छ । उहाँहरुले बिधालयको सम्पत्ती नष्ट गर्नुभएको छ । मैले हातपात गरेकै हुँ । बिधालयको सम्पत्ति गर्ने हेतुले हातपात गरेकै हुँ । बिधालयको सम्पत्ती नष्ट गरे बापत आक्रोशमा परेर हातपात गरे ।’

यता घटना लगत्तै हिजो सोमबार नै दुबै पक्षलाइ बिधालयबाट नियन्त्रणमा लिइ प्रहरीले बिबाद मिलाइसकेको बताएको छ । इलाका प्रहरी कार्यालयका अनुसार मौखिक रुपमा दुबै पक्षलाइ बसाएर ,छलफल गरि बिबाद मिलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार