विप्लवका स्ववियु सभापती थापाले गरे प्रशंसनीय कार्य , बिद्यार्थीको २०% छुटमा उपचार हुने सम्झौता

डेली न्युजराप्ती       ९ जेष्ठ २०८० १७:३४ मा प्रकाशित     214 No Comments

गणेश एसके
बझाङ: बझाङदीप क्याम्पस र जयपृथ्वी अस्पताल बीच आइतबार सम्झौता भएको छ । आइतबार बझाङ दीप क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अस्पतालले उपचारमा २० % र औषधीमा ७% छुट दिने गरी सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।

अस्पतालका म्यानेजिङ डाईरेक्टर अशोक मल्ल र क्याम्पसका स्ववियु सभापति कमल थापाले आइतबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त सहमति गरेका हुन् ।

क्याम्पसका स्ववियु सभापति कमल थापाको पहलमा उक्त सम्झौता भएको हो । विद्यार्थीसंग सभापति अभियान अन्तर्गत विद्यार्थीको हित हुने गरी अस्पतालसंग उक्त सहमति गरिएको सभापति थापाले बताएका छन् । उनले भने, “हामीले स्ववियुमा निर्वाचित विद्यार्थीमैत्री कामहरु गर्दैछौं ।”

सभापति थापाले यस अघि पनि बझाङदिप क्याम्पसले परीक्षाका नाममा लिँदै आएको शुल्क खारेज गर्न पहलकदमी लिएका थिए । उनी स्ववियु निर्वाचनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट निर्वाचित भएका थिए ।

उपरोक्त विषय सम्बन्धमा यस जयपृथ्वी अस्पताल प्रा. लि. को सामाजिक उत्तरदायित्व र स्वतन्त्र विद्यार्थी युनियन बझाङ्ग दिप क्याम्पस की विद्यार्थीसंग सभापति अभियान अर्न्तगत बझाङ्ग जिल्लाभरिका व्याचलर अध्ययनरत विद्यार्थीहरु विरामी हुँदा यस अस्पतालमा जाँच तथा उपचारमा २०% र औषधिमा ७ % छुट गर्ने भन्ने विषयमा सम्झौता गरिएको छ । विद्यार्थीहरु अस्पतालमा औषधि उपचारका लागी आउदा अनिवार्य रुपमा विद्यार्थी परिचय पत्र लिएर आउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार