एकीकृत जनक्रान्ती र कृषि उत्पादनबिच नङ र मासुको सम्बन्ध छ : आधार सी

डेली न्युजराप्ती       २० असार २०८० ०५:३३ मा प्रकाशित     165 No Comments

हेमन्त प्रकाश ओली ।
असार २०,दाङ ।
नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा उत्पादन संयोजक आधार सीले एकीकृत जनक्रान्ती र कृषि उत्पादनमा नङ र मासुको सम्बन्ध भएको बताएका छन् ।

नेकपाले देशभर गरिरहेको उत्पादन कार्यको बिसयमा डेलिन्युजराप्तीसंग फोन संवादमा बोल्दै नेता आधारले उक्त कुरा बताएका हुन् ।

उनले भने – ‘एकीकृत जनक्रान्ती भनेको जनताको जिवनलाइ बदल्ने कार्यदिशा हो । हामिले सामुहिक कृषि उत्पादन मार्फत आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेता-कार्यकर्ता र आत्मनिर्भर जनताको उदेश्य लिएका छौँ । एकीकृत जनक्रान्ती र कृषि उत्पादनबिच नङ र मासुको सम्बन्ध छ ।’

नेताहरु जेल जानू भनेको उत्पादन नगर्दा हो ,उनले थपे , ‘देशलाइ समाजवादमा लैजानलाइ उत्पादनमा जोडिएका हौं । बिदेश गएकालाइ यहाँ सम्भव छ भन्ने सन्देश दिन खोजेका छौँ । कृषि उत्पादनले समाज र राष्ट्रलाई आत्मनिर्भर बनाउछौँ ।’

नेकपाको केन्द्रीय उत्पादन बिभागका संयोजक समेत रहेका नेता आधार सीले जनभकारी खडा गर्ने समेत बताए ।
हामी बृहत उत्पादन मार्फत जनभकारी खडा गर्छौं , उनले थप भने – ‘श्रमवाट कट्नु हुँदैन । कम्युनिस्ट नेताहरु जनताको साथि बन्नुपर्छ । कम्युनिस्ट नेता हुनु भनेको श्रमिक हुनु हो भन्ने भुल्नु हुँदैन । चन्दा उठाएर बाच्ने परिपाटीको अन्त्य गरि श्रममा बाच्न सिक्नुपर्छ ।’

किसानको परिभाषा बदलौँ , नेता आधारले प्रसंग बदल्दै भने , ‘किसान भन्ने बित्तिकै गएगुज्रेको होइन किसानहरु उत्पादक हुन् । उत्पादक चेतनशिल हुन्छन् । सचेत मानिसहरुले उत्पादन गर्छन् । उत्पादन नगर्दा भ्रष्टाचार हुन्छ । भ्रष्टाचार निर्मुल पार्ने उपाय उत्पादन हो ।’

नेता आधारले बर्दियाको तेडि गाउँमा १२ बिघा जमिनमा पार्टीको केन्द्रीय उत्पादन अन्तर्गत १० दिनदेखी निरन्तर धान रोपाइँ गरिरहेको बताए ।

केन्द्रीय उत्पादन बिभागले तेडिमा २६ बिघा जमिन लिजमा लिइ १२ बिघामा धान खेती गरिरहेको र बाकी जमिन स्थानीय किसानहरुलाइ उत्पादनका लागि दिइएको समेत बताए ।

पार्टीको केन्द्रीय उत्पादन अन्तर्गतको श्रममा नेकपाका स्थायी कमिटी सदस्य भरत सी , पार्टीका पोलिटब्यूरो सदस्य तथा उत्पादन संयोजक आधार सी , नेकपा बर्दियाका इन्चार्ज हिमशिखर सी , पार्टीका बर्दिया सेक्रेटरी टिकाराम थारु , बिद्यार्थीका केन्द्रीय सदस्य हरी सी , पार्टीका ब्युरो इन्चार्ज संगम सी , ब्युरो आर्थिक बिभाग सदस्य राम सी , पार्टीका बाँके जिल्ला इन्चार्ज , युवा संगठन नेपाल बर्दिया जिल्ला अध्यक्ष पदम सी , पार्टीका राजापुर नगर इन्चार्ज दिपक सी , नेपालगञ्ज स्थित आरोग्य टिभी टिम , पार्टीका कैलाली सिसिएम गणेश ढकाल , माओवादी केन्द्रका गोबिन्द आचार्य (सन्तोष) , जेपि चौधरी , मार्क्सवादी अध्यन केन्द्रका केन्द्रीय अध्यक्ष दिनेश चौलागाईं , कृषि जेटिए प्रकाश सी , महिला संगठनका केन्द्रीय अध्यक्ष बन्धु सी , जनपत्रकार संगठन नेपालका धिरेन्द्र सी सहित करिव ४० जना स्थानीयहरुको सहभागीतामा धान रोपाइँ भइरहेको नेकपाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार