तुलसीपुरको खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड आउँदै

डेली न्युजराप्ती       ११ माघ २०८१ १२:२२ मा प्रकाशित     148 No Comments

माघ १०,दाङ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड तुलसीपुर आउने भएका छन् ।
पार्टीको तुलसीपुर उपमहानगरको दोस्रो अधिवेशन एवम खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड दाङ आउन लागेका हुन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आउने कार्यक्रमको भव्य तयारी भइरहेको पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले बताए ।

उनले पार्टीले शुसासनक पक्षमा सुरु गरेको कामलाई हौसला दिन र पार्टी अध्यक्ष प्रचण्डका विचारहरु सुन्न उपस्थितिका लागि आम तुलसीपुर बासीलाई हार्दिक अपिल समेत गरेका छन् ।

प्रचण्डले भोलि माघ ११ गते तुलसीपुरको कार्यक्रम सकेर माघ १२ गते घोराहीमा जिल्ला स्तरीय पार्टी प्रशिक्षण एवम घोराहीको अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका जिल्ला इन्चार्ज आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार