नेकपा (माओवादी) निर्वाचन परिचालन मुल समितिको संयोजकमा वली

डेली न्युजराप्ती       ९ माघ २०८२ ०६:४३ मा प्रकाशित     144 No Comments

हेमन्तप्रकाश वली ।
माघ ८,तुलसीपुर । नेकपा (माओवादी)ले प्रतिनिधिसभा सदस्य निर्वाचन दाङ क्षेत्र नं.३ को निर्वाचन मुल परिचालन समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य प्रदिप वलीलाई जिम्मेवारी दिएको छ ।

तुलसीपुर नगर कमिटीको इन्चार्जको जिम्मेवारीमा समेत रहेका वलीले निर्वाचनको तयारीलाई व्यापक बनाउन विभिन्न उप-समितिहरु बनाएर अघि बढ्ने बताउनुभएको छ ।

दाङ निर्वाचन क्षेत्र नं.१ र २ मा पनि पार्टीको केन्द्रीय समिति सदस्यलाई निर्वाचन परिचालन मुल समिति संयोजकको जिम्मेवारी दिइएको नेकपा (माओवादी)ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार