त्रीविमा करार उपप्राध्यापकलाइ स्थायी गर्ने निर्णय विरुद्ध आन्दोलनमा उत्रिए संयुक्त विद्यार्थी संगठन

डेली न्युजराप्ती       १६ मंसिर २०७८ २०:२५ मा प्रकाशित     947 No Comments


चोर बाटोबाट उपप्राध्यापक नियुक्ति खारेज गर:संयुक्त बिद्यार्थी संगठन
हेमन्त प्रकाश वली,दाङ। करार उपप्राध्यापकलाई स्वत: स्थायी गर्ने निर्णय विरुद्ध त्रिभुवन बिश्वबिद्धालय संयुक्त बिद्यार्थी संगठनले घोर आपत्ति जनाएका छन।

आज एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै नियमित खुल्ला प्रतिस्पर्धाबाट सक्षम उपप्राध्यापक छनोट प्रक्रिया रोकि चोर बाटोबाट उपप्राध्यापक नियुक्ति गर्दा बिश्वबिद्धालयको गुणस्तरीय शैक्षिक अवस्था दिनानुदिन खस्किदै आएको कुरा स्पष्ट भएको संगठनहरुले बिज्ञप्तिमा उल्लेख गरेका छन।
यस्तै बिज्ञप्तिमा करार उपप्राध्यापकलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गरिनुपर्ने,त्री.वि. सेवाद्वारा बिज्ञापन गरिएका खुल्ला प्रतिस्पर्धाबाट हुने छनोट प्रक्रियाको परीक्षा मिति तत्काल रोकिनुपर्ने, आशिंक उपप्राध्यापकहरुलाइ स्वत: करार गर्ने प्रक्रिया त्री.वि.ले अगाढी बढाइरहेको हुदा उक्त प्रक्रिया तुरुन्त रोक्नुपर्ने,त्रीविको शैक्षिक क्यालेन्डर अनुसार लामो समयदेखी रोकिएको स्वबियु निर्वाचन प्रक्रिया यहि फागुन १४ गते नै सम्पन्न हुनेगरी समयतालिका सार्वजनिक गरिनुपर्ने लगाएतका मागहरु बिज्ञप्तिमा उल्लेख गरिएको छ।
विभिन्न मागहरु समेटिएको संयुक्त प्रेस बिज्ञप्ति सहित आजै भिसी सेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरिएको अखिल(क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा त्रीवी इन्चार्ज अनिल केसिले जानकारी दिएका छन।
संयुक्त प्रेस बिज्ञप्तिको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार