मृगौला र क्यानसर पीडित सहयोगार्थ फुटसल प्रतियोगिता सम्पन्न

डेली न्युजराप्ती       २६ श्रावण २०७८ १५:२१ मा प्रकाशित     709 No Comments

हेमन्त प्रकाश वली ।
श्रावण-२६,दाङ।
दाङको घोराहीमा श्रावण २४ र २५ गते म्यारिड क्लबले आयोजना गरेको तेस्रो म्यारिड कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ।
पुस महिनामा संचालन हुने प्रतियोगिता भएतापनी मृगौला पीडित र क्यानसर पीडितको सहयोगार्थ भन्दै केही समय अघि नै प्रतियोगिता संचालन गर्नुपरेको आयोजक म्यारिड क्लबले जनाएको छ। कुल १६ टिमले सहभागीता जनाएको खुल्ला फुटसल प्रतियोगीताको उपाधी चौघेरा फुटसल टिमले जितेको थियो।२५ गते संचालन भएको फाइनल खेलमा चौघेराले ढोडेनी फुटसल टिमलाइ पराजित गर्दै उपाधी जितेको हो।जितसंगै चौघेराले ट्रफीसंगै नगद रु.२० हजार,मेडल र प्रमाणपत्र जितेको थियो भने उप-विजेतामा चित्त बुझाएको ढोडेनिले नगद रु.१० हजार,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।
साथै उक्त प्रतियोगिताको सम्पुर्ण खर्च कटाएर आन्द्राको क्यानसर र मृगौला पीडितलाई सहयोग गरिएको बिश्वसन बचाउ अभियानका अभियान्ता भ्युमान पुनले जानकारी दिए। पुर्वी रुकुम घर भइ हाल घोराही-१४ मा बसि अध्यन गर्दै आएका मृगौला पीडित बिश्वसन बुढा र घोराही-१२ निवासी आन्द्राको क्यानसर पीडित नर बहादुर बुढाको उपचारार्थ नगद रु.२०७१०।- नगद प्रदान गरिएको थियो।उक्त प्रतियोगिताको मुख्य प्रायोजन द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर घोराहीले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार