सेनाको साइवर स्पेसमा हमला गरेको अभियोगमा सागर ढकाल पक्राउ

डेली न्युजराप्ती       २५ चैत्र २०७९ १६:४५ मा प्रकाशित     255 No Comments

काठमाडौँ । नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने कार्यमा संलग्न भएको अभियोगमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाल पक्राउ परेका छन।

साइबर स्पेसमा अनधिकृत पहुँच पुऱ्याउने उद्देश्यले विभिन्न समयमा साइवर हमला भएको पाइएपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।

सोहीअनुसार साइवर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा २१ वर्षीय ढकालको संलग्नता खुलेको थियो । लगत्तै साइबल ब्युरोको टोलीले बिहीबार बाटुलेचौरबाटै ढकाललाई पक्राउ गरेको हो ।

ब्युरोका सूचना अधिकारी पशुपति कुमार रायले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार