‘एमसीसी कार्यान्वयन गर्ने सरकारी निर्णय राष्ट्रघाती र जनमत विरुद्ध छ’

डेली न्युजराप्ती       २७ आश्विन २०८० ०७:२३ मा प्रकाशित     197 No Comments

काठमाडौं: एमसीसी कार्यान्वयन गर्ने सरकारकाे निर्णय जनभावना, जनमत र राष्ट्रघाती रहेको आराेप नेकपाका स्थायी समिति सदस्य अनिल सीले लगाएका छन् ।असाेज २६ गते सुनसरी जिल्ला स्तरीय समाजवादी माेर्चा, नेपाल घाेषणा तथा सन्देश सभालाई विशेष अतिथिकाे रुपमा सम्बाेधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र समाजवादकाे निर्माण काम नगर्ने र अहिलेकै नीति, व्यवहार कायम रहने हाे भने र उदारवादी अर्थनीति र दलाल पुजीवादकाे जुवामा नारिएर नेपाली विशेषताकाे समाजवाद सपनाको पुल मात्र हुने दाबी गरे ।

प्रमुख अतिथि बलदेव र महेश तथा जयराम यादवले पनि मन्तव्य राखेका थिए । पप्पु यादवकाे अध्यक्षता नेकपा सुनसरी इन्चार्ज डिवी सीले संचालन र स्वागत मन्तव्य भगिरथ खल्वेले गरेको कार्यक्रम सुनसरी निर्माण व्यवसायी संघकाे सभा कक्षमा भएकाे थियाे । सभाले पप्पु यादवकाे संयाेजकत्वमा नेकपाका डिवी सी र सुरेश सीसहित ८ सदस्यीय कार्यसमिति गठन गरेको छ ।अतिथि र निर्वाचित समितिलाई गाेविन्द निराैलाले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार