जनपत्रकार संगठनको चौथो पुर्ण बैठक जारी: संगठन मिशनमा , पत्रकारिता पेशा व्यवसायीकरण गर्न छलफल

डेली न्युजराप्ती       ५ मंसिर २०८० ००:५० मा प्रकाशित     135 No Comments

कपिलबस्तु । जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पत्रकारिता पेशामा व्यवसाय र मिशन पत्रकारिता संगसंगै लैजानु पर्ने धारणा राखेका छन ।

कपिलबस्तुको शिवगढीमा सोमबारबाट सुरु भएको सङ्गठनको चौथो पूर्ण बैठकमा बोल्ने अधिकाँस केन्द्रीय सदस्यहरुले पत्रकारिता पेशामा व्यवसाय र मिशन संगसंगै लैजानु पर्ने धारणा राखेका हुन ।

सङ्गठनका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले पेस गरेका एजेण्डा माथि व्याख्या गर्दै पत्रकार मोर्चामा व्यवसाय र मिशन दुबै संगसंगै लैजानुपर्ने धारणा राखे ।

उनले पत्रकारको आर्थिक व्यवस्थापन हुन नसक्दा सङ्गठनमा केही समस्या भएको बताए । सङ्गठनका केन्द्रीय उपाध्यक्ष जानकी चौधरीले संस्थागत मिडियाहरु व्यवस्थित हुन नसक्दा व्यवस्थापनमा चुनौती थपिएको धारणा राखिन ।

यस्तै जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सचिव बसन्त विकले व्यवसाय र मिशनको तालमेल हुन नसकेको बताए ।उनले कि त व्यवसाय मात्र कित मिशन मात्रको पत्रकारिताले काममा  समस्या सृजना गरेको बताए ।

बैठकमा केन्द्रीय कोषाध्यक्ष दिपेश विष्टले सङ्गठनमा पत्रकार टिकाउन समस्या भएको औल्याए । यस्तै केन्द्रीय सचिवालय सदस्य धीरज विक,शोभराज बराल,राजेन्द्र रावत क्षेत्री,हर्क घर्ति,शुदर्शनराज पाण्डेले आधारभूत पत्रकारिता तालिम गरिरहेको भएपनि पूनर्ताजकिय तालिम दिईरहनु पर्ने बताए ।

बैठकमा केन्द्रीय सदस्यहरु भिष्म कोइराला,विष्णु विक,खकेन्द्र केसी,गोपाल चन्द,खेम डिसी, निरुता विक,पुष्पा साँवद, हेमन्त प्रकाश ओली,गणेश एस.के,कृष्ण विक, अशोक शाही, विनित तिरुवा,कमल विक र मानबहादुर सहकारीले सङ्गठन व्यवस्थित बनाउन व्यवसाय र मिशन संगसंगै लैजान सुझाव दिए ।

बैठकमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको छ । आजको बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले रिपोटिङ्ग मात्र पेश गरे ।

बैठकका प्रमुख अतिथि नेकपा महासचिव विप्लवले भोली सम्वोधन गर्ने छन् । बैठकमा स्थायी समिति सदस्य अनिल सी,पोलिट ब्यूरो सदस्य असल सी, विजय सी,केन्द्रीय सदस्य सुन्दर,शोभा सी, पार्टी सल्लाहाकार सन्ध्या र राजेन्द्र सी, कार्यालय सदस्यहरु विमर्ष,विगुल,दिनेश,संजय र विरकुश सीको आतिथ्यता रहेको छ । बैठकको अध्यक्षता सङ्गठनका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले गरेका छन ।

भोली  विहान ८ बजेबाट सुरु हुने बैठक महत्वपूर्ण निर्णय गर्दै भोली नै सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार