पुर्व जनमुक्ति सेना सुधिरले हाँकेको डिजिटल आर्ट

डेली न्युजराप्ती       २ चैत्र २०७८ १८:५४ मा प्रकाशित     1077 No Comments


व्यक्ती समिक्षा। दाङको तुलसीपुर उपमहानगरपालिका सल्यान रोडमा अवस्थित न्यू प्रभा डिजिटल आर्ट निकै परिचित व्यवसायको नाम हो। प्रभामा जतिबेला पुगेपनी ग्राहकहरुको घुइँचो देख्न सकिन्छ। उक्त पसलमा डिजिटल आर्ट सम्बन्धि व्यानर छपाई,होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड,फोटो प्रीन्ट,छाप/खादा,प्रमाण पत्र,आइडी कार्ड,लाइट बोर्ड,फोटो फ्रेम,विवाह कार्ड,मायाको चिनो,व्याच/झण्डा लगाएत छापाखाना सम्बन्धीका सम्पुर्ण काम गरिन्छ।
प्रभामा ग्राहकको घुइँचो हुनुका पछाडी थुप्रै कारणहरु हुन सक्छन तर त्यस मध्य गुणस्तरीय,छिटोछरितो,भरपर्दो काम हुनु र संचालकका व्यावसायिक क्षमता,मिलनसार व्यक्तित्व धैर्यता र राजनीतिक सुझबुझ पनि एउटा महत्वपूर्ण कारण रहेको छ। आर्टमा धेरैजसो राजनीतिक पार्टीका व्यानर,झण्डा छपाइ लगाएतका कामहरु हुने गर्छन। ग्राहकहरुले राजनीतिक व्यानर छपाइ गर्दा होस वा अन्य कुनै राजनीतिक दल सम्बन्धिका काम गर्दा होस ग्राहकको पहिलो रोजाइमा पर्छ प्रभा डिजिटल आर्ट। रोजाइमा पर्नुको कारण हो संचालक भद्र बहादुर वली(सुधिर) को राजनीतिक चेतना र पृष्ठभुमि। उनि लामो राजनीतिक उतारचढाव पार गर्दै व्यावसायिक जिवनमा प्रवेश गरेका व्यक्ती हुन। राजनीतिक दलका नेता-कार्यकर्ताले आर्टमा दिएको समान्य खेस्राको आधारमा पनि संचालक सुधिरले उत्कृष्ट डिजाइन गर्ने गर्दछन किनकी उनको लामो राजनीतिक यात्राले सबै राजनितीक दलका ब्यानर,झण्डा लगाएतका थुप्रै छापा सम्बन्धीका कामहरु ग्राहकलाई सन्तुष्ट पार्नेगरी गर्छन। एकजना ग्राहकले भन्दै हुनुहुन्थ्यो – ‘ सुधिर जि लाई केही भन्नुपर्दैन,उहाँलाई हाम्रो पार्टी लगाएत सबै दलले प्रयोग गर्ने झण्डा,व्यानर थाहा छ ।’

न्यू प्रभा डिजिटल आर्ट संचालक भद्र बहादुर वली(सुधिर) २०५६ सालमा तत्कालीन नेकपा(माओवादी)को शसस्त्र युद्ध जनयुद्धमा होलटाइमर भएर हिडेका व्यक्ती हुन। २०३९ साल जेठ २५ गते रुकुममा जन्मिएका वली २०५९ सालमा विशेष जिल्लाका बिद्यार्थी अध्यक्ष भएका थिए। २०६०-६१ साल तिर उनी पाल्पा जिल्लाको पश्चिम इलाका इन्चार्ज समेत थिए।
भद्र बहादुर वली(सुधिर) २०६१ सालमा जनमुक्ति सेनाको प्लाटुन कमान्डर,कम्पनी भिसी,कम्पनी कमिसार हुँदै शान्ती प्रक्रियापछि वासिएल पोखरामा कार्यरत रहे। त्यतिबेला उनी पोखरामा पिएन क्याम्पसका बिद्यार्थी इन्चार्ज समेत भए।
पार्टीमा निकै प्रतिभाशाली,निडर,क्षमतावानको व्यक्तित्व बनाएका सुधिर २०६२/६३ मा कास्की क्षेत्र नं. १ इन्चार्ज र २०६४ सालमा उनी नेकपा कास्कीको सेक्रेटरीको जिम्मेवारी समेत वहन गर्ने अवसर प्राप्त गरे।
उनी २०६१-६२ सालतिर गण्डकी खबर राष्ट्रिय दैनिकको प्रबन्धक निर्देशक हुनुका साथै गण्डकी माछापुच्छ्रे संचार सहकारी संस्थाको संचालक भएर समेत काम गरेको बताउछन। २०६४ सालपछी उनी दाङमा बस्न थालेको बताउछन।

सुधिरले पार्टीमा नेतृत्व गरिरहदा २०६३ साल ११ महिना १४ गते पार्टीमै आवद्ध रहेकी तत्कालीन पाल्पा जिल्ला सदस्य,मजदुर संगठन जिल्ला सदस्य एवम क्षितिज सांस्कृतिक परिवारकी दुर्गा शर्मा(निशा)संग जनबादी विवाह गरे। २०४५/०८/१० गते रुकुममा जन्मिएकि उनकी धर्म्पत्नी निशापनि माओवादी आन्दोलनमा सहभागी एक सक्रिय योद्धा हुन।

२०६४ सालपछि दाङ आएका शुधिरले २०७४ सालमा न्यू प्रभा डिजिटल आर्ट संचालन गरे। १३ लाख केही नगद र केही रकम कर्जा लिएर सुरु गरेको व्यवसाय सुरुसुरुमा खासै परिचित नभएपनी अहिले ग्राहकको काम गर्न भ्याइनभ्याई भएको उनको भनाइ छ। २ जना कामदार राखेर आफुपनी खटिरहेको सुधिर बताउछन। १३ लाखबाट सुरु गरेको व्यवसाय हाल २५ लाख लगानी गरिसकेको सुधिरको भनाइ छ। उनी भन्छन  – ‘ ग्राहकको सन्तुष्टि हाम्रो चाहाना हो,त्यसैले गुणस्तरीय काम गर्छौ। हामी फाइदा मात्रै सोच्दैनौ श्रमको ज्याला लिन्छौं तर ग्राहकलाइ सन्तुष्ट पार्छौ ।’
संचालक सुधिर अहिलेपनी व्यवसायका साथसाथै राजनीति गरिरहेको बताउछन। उनी भन्छन  – ‘ अहिलेपनी म अधुरो क्रान्ती पूरा गर्ने अभियान मा छु ।’ उनी हाल विप्लवले नेतृत्व गरेको नेकपाका दाङ जिल्ला कमिटी सदस्य एवम सोही पार्टी निकट राष्ट्रिय उधोग व्यापार संगठनका केन्द्रीय सदस्य हुन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार