पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर

डेली न्युजराप्ती       २७ बैशाख २०८० ०७:४१ मा प्रकाशित     176 No Comments

एजेन्सी, २७-वैशाख/ अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् । उनलाई न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको छ । एक म्यागेजिनकी लेखिका ई। जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई अदालतले दोषी ठहर्याएको बीबीसीले जनाएको छ । अदालतको यो फैसलाले आगामी राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा झड्का लागेको छ । अदालतको फैसलापछि ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् ।

उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन् । पूर्वराष्ट्रपति ट्रम्पका प्रवक्ताले जारी गरेको बयानमा ट्रम्प विरुद्धको अभियान अन्तर्गत अदालतको यो फैसला आएको भन्दै यो राजनीतिबाट प्रेरित भएको टिप्पणी समेत गरिएको छ । यो फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको योजना रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार