तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर -४ को सेक्रेटरीमा धर्मराज सी निर्वाचित हुनुभएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच तुलसीपुर -४ को वडा भेला तथा पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको वडा कमिटी गठन गरिएको नेकपा तुलसीपुरले जानकारी दिएको छ ।
भेलाले तुलसीपुर -४ को सेक्रेटरीमा धर्मराज सीलाइ निर्वाचित गर्दै ९ सदस्यीय वडा कमिटी पुनर्गठन गरेको हो भने अनेमसंघ क्रान्तिकारी तुलसीपुर -४ को अध्यक्षमा कृष्णा सीलाइ चयन गरिएको समेत सो पार्टीले जनाएको छ।
कृष्णा सीको अध्यक्षतामा १ जना पछि थप गर्नेगरी ११ सदस्यीय अनेमसंघ क्रान्तिकारीको वडा कमिटी गठन गरिएको हो ।
धर्मराज सीको अध्यक्षतामा भएको भेलामा नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सी , अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम दाङका अध्यक्ष प्रकृति सीको आतिथ्य रहेको थियो ।
भेलामा वोल्ने वक्ताहरुले मुलुकमा ठुलाठुला संकटहरु देखिएकाले जनस्तरबाट श्रमिक जनताहरु बिद्रोहमा उत्रीनुपर्ने आवश्यकता रहेको उद्घोष गरेका थिए । उनीहरुले अमेरिकी साम्राज्यवादको ठाडो हस्तक्षेप र भारतीय साम्राज्यवादको गिद्देनजर अस्वभाविक रहेकाले अब एकपटक मुलुकको रक्षाका लागि सबै एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.