जुम्लामा नुन पाइएन , उपभोक्ताद्वारा साल्ट ट्रेडिङको डिपोमा ढुङ्गामुढा!

डेली न्युजराप्ती       २ श्रावण २०८० ०८:४८ मा प्रकाशित     176 No Comments

जुम्ला, २ श्रावन । जुम्लामा सहजरूपमा नुन उपलब्ध नभएको भन्दै साल्ट ट्रेडिङको डिपोमा उपभोक्ताले ढुङ्गामुढा गरेका छन् ।
नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासीले डिपोमा ढुङ्गामुढा गरेको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिनुभएको छ । नुन वितरण भइरहेको समयमा ढुङ्गामुढा हुँदा डिपो कार्यालयको मुख्य ढोकामा क्षति भएको कार्यालय प्रमुख मल्लले बताउनुभएको छ । उहाँका अनुसार नुन कम भएकाले यसअघि तीन प्याकेटका दरले वितरण गर्ने गरिएको थियो । यसपटक भने एउटा व्यक्तिलाई पाँच प्याकेटका दरले वितरण गरिएको कार्यालय प्रमुख मल्लको भनाइ छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कार्यालयले नुन बाँडिरहेको समयमा अपुग भएपछि केही व्यक्तिले ढङ्गामुढा गरेका जानकारी दिनुभयो । अब नुन वितरण वडाबाटै गर्ने गरी चाँडै काम अगाडि बढाइएको उहाँको भनाइ छ । गएको वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले कार्यालयमा नुनको अभाव नभएको नेपाल साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार