आँखा पाक्ने रोग के हो ? यसबाट कसरी बच्ने ?

डेली न्युजराप्ती       २२ श्रावण २०८० १०:०४ मा प्रकाशित     117 No Comments

आँखा पाक्ने रोग भनेको आँखाको सेतो भागलाई छोपेको पातलो झिल्ली वा परेलाको भित्री भाग, जसलाई कंजंक्टिभा भनिन्छ। यसले गर्दा ती भागहरू सुन्निने र पाक्ने हुन्छ। सामान्यतया आँखा को सेतो भागलाई छोपेको उक्त पारदर्शी झिल्ली सुन्निदा रातो अथवा गुलाबी रंगमा बदलिन्छ। यो रोग एउटा मात्रै वा दुइवटै आँखामा हुन्छ। नवजात शिशु मा हुने गोनोकोक्कल आँखा पकुवा, यो संक्रमित आमाबाट प्रजननका बेला बच्चामा सर्न सक्ने रोग हो।यसको कारणहरुःभाइरसद्धारा हुने आँखा पकुवा– यो एडेनोभाइरसको संक्रमणले हुन्छ। प्रकृतिको हुन्छ। यस रोगमा शुरुमा ज्वरो आउँछ, घाँटी दुख्छ र नाकबाट पानी बग्छ। आँखाबाट पानी बगिरहन्छ र आँखा मा बालुवा परे जस्तो अनुभव हुन्छ।समयमै राम्रो उपचार गरिएन भने रोगीले आँखै नदेख्ने हुन सक्छ। यो गनोरिया रोग लागेका विरामीको जननांगसँग आँखाको सम्पर्क भयो भने लाग्न सक्ने रोग हो।क्लोरिन, कन्ट्याक्ट लेन्स जस्ता बाह्य वस्तु बाट पनि आँखा पाक्ने रोग हुन सक्छ।

यसको लक्षणहरुः१.आँखा रातो तथा गुलाबी देखिनु२.चिलाउनु र पानी बग्नु३. आँखा मा धुलो, कसिंगर परेजस्तो महसुस हुनु४.आँखाबाट पहेंलो, सेतो वा हरियो रंगको पदार्थ बग्नु५.प्रारम्भिक चरणमा देख्ने शक्तिमा खासै फरक नहुनुजोखिमयुक्त अवस्थाः१.तिब्र आँखा दुखाई२.दृष्टिमा कमी३.उज्यालोमा हेर्न कठिनाई४. चश्मा लगाउने मानिसमा आँखाको समस्या५. नवजात शिशुका आँखा पाकेमायसको

उपचारःविरामीको इतिहास बुझेर तथा आँखाको जाँच गरेर फिजिसियनले आँखा पकुवा रोगको उपचार गर्नसक्छन्। कहिलेकाहीं थप जाँचहरु गर्नुपर्ने र आँखारोग विशेषज्ञसँगै परामर्श लिनुपर्ने हुन्छ।ब्याक्टेरियल आँखा पकुवा सामान्य छ भने आँफै ठीक हुन्छ। असामान्य छ भने आँखाका एन्टीबायोटिक मलम र झोलको प्रयोग गर्नुपर्छ। भाइरल आँखा पकुवा र आँखाको लक्षण हेरेर चिप्लो पार्ने औषधि, डिकन्जेस्टेन्ट र एन्टीहिस्टामिन समूहका आँखामा हाल्ने झोल औषधिको प्रयोग गरिन्छ्।एलर्जीका कारण हुने आँखा पकुवा एन्टीएलर्जी समूहका आँखामा हाल्ने झोल (एन्टीहिस्टामिन, मास्ट सेल स्टाबिलाइजर) को प्रयोग गरेर र सम्भव भएसम्म एलर्जी गराउने कुराहरुबाट टाढा रहेर यस किसिमको आँखा पाकुवाको उपचार गरिन्छ।

रोकथामः१.भाइरल र ब्याक्टेरियल आँखा पकुवा सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरु प्रयोग नगर्ने२.हात–मुख धुने जस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने३.आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने४.एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि संक्रमित आँखामा मात्र झोल औषधिको प्रयोग गर्ने र हात राम्ररी धुने५.यदि स्वास्थ्यसँग तथा बालबच्चासँग सम्बन्धित काम गर्नुपर्ने छ भने काममा जानकाे लागि चिकित्सकसँग परामर्श गर्ने

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार