भदौ ७ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले एमसिसी विरुद्ध एमसिसिको पुत्ला दहन गर्ने जनाएको छ ।
पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत बिहिवार तुलसीपुरमा एमसिसीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको सो पार्टीका जिल्ला सेक्रेटरी निर्मल सीले डेलिन्युजराप्तीलाई जानकारी दिएका छन् ।
नेकपा पश्चिम दाङले जिल्लाको शान्तिनगर , दंगिशरण , बबई , दंगिशरण गाउँपालिकामा पनि आज एमसिसीको पुत्ला दहन गरिने कार्यक्रम रहेको जनाएको छ ।
एमसिसी विरुद्ध पार्टी केन्द्रद्वारा घोषणा गरिएका संघर्षका कार्यक्रम अन्तर्गत बुधबार नेकपाले जिल्लाव्यापी एमसिसी कार्यान्वयन विरुद्ध वालिङ सम्पन्न गरेको हो ।
एमसिसी कार्यान्वयन विरुद्ध घोषणा गरिएका संघर्षका कार्यक्रम अन्तर्गत ७गते एमसीसीको पुत्ला दहन , ८गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन ,९ गते गाउँगाउँमा जागरण प्रचार ,१०गते देशव्यापी जनप्रदर्शन,११गते काठमाण्डौमा एमसीसीबारे अन्तरक्रिया र १२गते नुवाकोट, तनहुमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम गरिने रहेको छ ।
नेकपाले राष्ट्रघाति सम्झौताका विरुद्ध आ-आफ्नो आवाज उठाउन संघर्ष गर्न र एमसीसीलाई असफल पार्न अपिल समेत गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.